Logo

शिक्षा

त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुको लज्जास्पद हार, फराकिलो मतान्तरसहित नेविसंघ विजयी



त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघ फराकिलो मतान्तरले विजयी बन्दा एमाले निकट अनेरास्ववियुले लज्जास्पद हार बेहोरेको छ । नेविसंघका उम्मेद्वार श्यामराज ओझा र कोषाध्यक्ष पद्मा भुषाल फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।

ओझाले ८ सय ९४ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धि अनेरास्ववियुका प्रकाश विष्टले ६ सय ८१ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघ नेतृ भुषाल फरााकिलो मतान्तरले विजयी भएकी छन् । उनले ८ सय २४ मत पाउँँदा निकटम प्रतिस्पर्धि अनेरास्ववियुका जनक कार्कीले ४ सय ८३ मत मात्र पाए ।

सदस्यहरूमा पनि ओझा प्यानलकै बहुसँख्यक निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ०७:३९   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।