काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को लागि तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई आगामी चैत १७ गतेदेखि हुँदै छ ।
एसईईका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ ।
यो वर्ष ५ लाख १६ हजार ५९५ जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।





















प्रतिक्रिया