Logo

प्रमुख समाचार

नेपालको साक्षरता दर ७६.२ प्रतिशत



काठमडौं । सरकारले निरक्षरता उन्मूलन गर्ने नीति लिएको दशक बितिसकेको भए पनि २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार साक्षरता दर ७६.२ प्रतिशत छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।

जनगणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका व्यक्तिहरूको शैक्षिक अवस्था सम्बन्धी विवरण संकलन गरिएको थियो । जसअनुसार यो गणनामा ५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका मानिसहरूको संख्या २ करोड ६६ लाख ७५ हजार ९७५ छ । तीमध्ये २ करोड ३ लाख ४१ हजार ६२३ जना पढ्न र लेख्न जान्दछन् ।

यो कुल जनसंख्याको ७६.२ प्रतिशत हो । यसअनुसार पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ । ०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १३:३४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।