Logo

प्रमुख समाचार

नवनियुक्त आईजीपी कुँवरले प्रधानमन्त्रीलाई भेटे



काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । नवनियुक्त आईजीपी कुँवर आज (शुक्रबार) रातिबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकासमा जान लागेका आईजीपी धीरजप्रताप सिंहसँग प्रधानमन्त्री भेट्न सिंहदबार पुगेका छन् ।

कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको थियो । दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजीपी बनाएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १८:१९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।