Logo

मनोरञ्जन

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु



काठमाडौं । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ई-प्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको नयाँ संस्करणको तयारी सुरु भएको हो ।

आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने प्रतियोगीताको अध्यक्षमा इ-प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् । आवेदन समेत खुल्ला गरिएको प्रतियोगीताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानिय कोअडिनेटर फन्तिप सृवारान्यो रहेका छन् ।

प्रतियोगीतामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागीता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए । हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबै भन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवद्र्धन गर्ने प्रयास गर्दछ ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ई-प्लानेट नेपालको आयोजना यो प्रतियोगीता पहिलो पटक २०१४ मा नेपालमा आयोजना गरिएको हो । प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथौं संस्करण सन् २०१९मा सिंगापुर तथा पाँचौं संस्करण सन् २०२२ मा मलेशियामा आयोजना भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १२:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।