Logo

मनोरञ्जन

‘म पर्खिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । गायिका सुनिता थेगिमको गीत ‘म पर्खिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

प्रयास दुमी राईको शब्द, सुनिता थेगिमको संगीत रहेको गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाडौं र ललितपुरको रमणिय स्थालहरुमा छायाँकन गरिएको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीबिचको कलात्मक शैलीमा देखाएका छन् । भिडियोमा इशाक जगेवुको छायाँकन, सम्पादन तथा निर्देशन रहेकाे छ । गीतको भिडियोलाई एस के आर पिक्चरबाट सार्वजनिक गरिएकाे हो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १२:१०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।