काठमाडौं । उच्च अदालत पोखराबाट सफाइ पाएको करिब १ महिना पछि अभिनेता पल शाह नियमित काममा फर्किएका छ ।
१ बर्षको जेल जीवनपछि उनको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाच्न ‘को केहिदिन अघि काठमाण्डौ र पोखरामा छायांकन गरिएको छ ।
नरेश बुढाथोकीको स्वर ,सन्तोष सुनारको संगीत र राम अविरल बिष्टको रचना रहेको गीतलाई दिलासा बस्नेतले निर्माण गरेका हुन् । विकाश सुबेदीले निर्देशन गरेको भिडियोलाई ‘एटके एभरेस्ट मोसन पिक्चर्स’ले बजारमा ल्याउने भएको छ । भिडियोमा अभिनेता पलको जोडीमा सनिशा भट्टराई देखिने बुझिएको छ ।





















प्रतिक्रिया