काठमाडौं । भुलभला मेलाको अवसरमा पोखरा महानगरपालिका–३३ मा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । भुलभुला युवा क्लब पोखराको आयोजना तथा पोखरा–३३ को आर्थिक व्यवस्थापनमा हुने कार्यक्रम चैत्र २६ गतेदेखि वैशाख १ गते सम्म चल्ने छ ।
फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम पोखरा–३३ उपल्लो पुडी खेल मैदानमा हुने छ । वडाध्यक्ष कपको बिजेता टिमले नगद ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले नगद २५ हजार मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई व्यक्तिगत विधातर्फ पुरस्कृत गरिने प्रतियोगिताका संयोजक आसिक कुँवरले बताए ।
संयोजक कुँवरका अनुसार स्थानीय स्तरमा खेलकुदको पहँुच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्य साथ आयोजना गरिएको प्रतियोगितामा २ दर्जन बढी टिमको सहभागिता रहने अपेक्षा छ ।
फुटबलसँगै वृहत् सांस्कृतिक कार्यक्रम अर्को आकर्षण हो । जहाँ चर्चित हाँस्यकलाकार राजु मास्टर (राजु पौडेल) र अन्य कलाकारहरु जीवन दाहाल, चालेन्द्र पौडेल, मञ्जु विक, शिवहरी ढुंगाना, रामप्रसाद ढकाल, मधु चापागाई तथा शंकर थापाले विशेष प्रस्तुती दिने छन् ।





















प्रतिक्रिया