Logo

मनोरञ्जन

भावना र वीरेन्द्रको स्वरमा रहेकाे ‘उडी-उडी आ सुवा’मा शिल्पा र चक्रकाे राेमान्स (भिडियाेसहित)



काठमाडौं । गायिका भावना आचार्य र गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘उडी-उडी आ सुवा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने लगायतका गीतहरु बजारमा ल्याइसकेकी भावनाले नयाँ गीत उडी उडी आ सुवा बजारमा ल्याएसँगै यसको चर्चा सुरु भएको छ ।

विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुव बिस्कोको संगीत रहेको छ भने नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । यस्तै किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ । प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ । राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिगं मिन विश्वकर्माले गरेका हुन् । भिडियो इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

हेर्नुहाेस् भिडियाे:-

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १७:३०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।