Logo

मनोरञ्जन

‘प्रसाद २’विरुद्धको रिटमा अदालतले दिएन अन्तरिम आदेश, फिल्म रिलिजकाे बाटाे खुल्यो



काठमाडौं । फिल्म ‘प्रसाद २’विरुद्ध परेकाे रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीर गरेसँगै फिल्म रिलिजकाे बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त फिल्मको रिलिज रोक्न केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको हो ।

‘रिटबाट चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपरेन’ उच्च अदालतको आदेशमा भनिएको छ ।

यसअघि प्रसाद २ को प्रदर्शन २४ चैतमा हुने तय भएको थियो । तर केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण प्रदर्शन रोकिएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १८:३०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।