Logo

मनोरञ्जन

नयाँ गीत ‘सुस्तरी सुस्तरी’को भिडियो सार्वजनिक



काठमाडौं । बुबा-छोरीको बन्धनको मायालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको नयाँ म्युजिक भडियाे ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ । गीतमा गायक शिव परियारको स्वर सुन्न सकिन्छ। गीतलाई भुवन न्यौपानेले लेखेका हुन् । वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

म्युजिक भडियाेमा व्यवसायी, फिल्म निर्माता एवम् कलाकार भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ । बुद्ध थापाले छायाँकन गरेको यस भडियाेलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियाे तयार पारिएको हो । ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानलमार्फत भडियाे सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १२:०४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।