काठमाडौं । अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ले बैशाख १ गतेको अवसरमा शुक्रबार फिल्म ‘सिलाम साख्मा’ निर्माणको घोषणा गरेका छन् ।आफ्नो निर्माण तथा निर्देशन रहने गरी राईले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन । फिल्मलाई पूर्वी पहाडका विभिन्न ठाउँमा छायांकन गरिने भएको छ । फिल्मको छायांकन असारदेखि सुरु हुनेछ ।

किराँत समुदायले छातीमा लगाउने ब्याचजस्तो प्रतीक ‘सिलाम साख्मा’को नेपालीमा अर्थ– मृत्युको बाटो छेक्ने हुने बताइन्छ । किराँत सभ्यतासँग जोडिएको ‘सिलाम साख्मा’लाई मुटुतर्फ लगाइन्छ र यसको सांस्कृतिक तथा धार्मिक मान्यता रहेको विश्वास छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्ममा कमेडि, कम्युनिटी र कमर्सियल तत्व समावेश गरिने राईले बताए । यसमा अहिले चलेका स्टारहरुलाई कलाकारको रुपमा समावेश गरिने समेत उनले जानकारी दिए । केही दिन अघि मेयर बालेन्द्र शाह र हर्कराज साङ्पाङ्ग बीच भेट हुँदा ‘सिलाम साख्मा’ साटासाट गरेको विषय चर्चा भएको थियो ।





















प्रतिक्रिया