Logo

मनोरञ्जन

चलचित्र ‘जारी’को पाइरेसी रोक्न निर्माता पोखरेलले दिए उजुरी



काठमाडौं । नयाँ वर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन् ।

सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए । “सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ । यसले हामीलाई ठूलो क्षति भएको छ”, उनले बताए ।

यस अगाडि पनि यस्ता समस्या आइरहेकाले दीर्घकालीन समाधानका लागि उजुरी गरिएको पोखरेलको भनाइ छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी’ मा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय रहेको छ ।

प्रदर्शनको दुई दिनमै सो चलचित्रले रु चार करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १७:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।