काठमाडौं- गायक प्रकाश सपूतले भाका नेपालमार्फत भरखरै सार्वजनिक गरेको फूलमाया ‘सकम्बरी’ गीत विवादमा तानिएको छ ।
धेरैले गायक प्रकाश सपूतका गीतहरु साना चलचित्र झै लाग्ने र नेपाली समाजको यथार्थ दर्साउने भन्दै प्रशंसा गरिरहेका बेला भर्खरै सार्वजनिक भएको गीत सकम्बरी भने बढी नै आलोचित भएको छ । ‘गलबन्दी, बोल माया, बदला, मेरो पनि हैन र यो देश, पीर, कुरा बुझ्नु पर्छ जस्ता प्रशंसा बटुलेका गीतका सर्जक सपूत यसपटकको गीतमा भने आलोचित भएका छन् । कतिपयले गीतको शब्द राम्रो भए पनि अभिनय महिलालाई होच्याउने खालको भएको भनेका छन् भने कतिपयले शब्द र अभिनय दुबै महिलालाई होच्याउने खालको भएको भन्दै प्रकाश सपूतको आलोचना गरेका छन् ।
गीतकाे भिडियाे
सपूताको गीत सकम्बरीको भिडियोमा एकजान युवतीले आफ्नो शहर बसाईँको समयमा माेडलिङ क्षेत्रमा काम गर्न चाहेकाे देखाइएकाे छ । तर याे क्षेत्रमा पैसा कमाउन देह व्यापार गर्न परेको प्रकृतिको दृश्य देखाइएको छ। एकजना युवती आफ्ना सपना पूरा गर्न शहर छिर्छिन । माेडल बन्ने सपनामा दाइ नाता पर्नेसँग शहर आएकाे देखिन्छ । उनी एक रेष्टुराँमा काम सुरु गरेकाे दृश्यमा देखाइन्छ । काम गर्ने शिलशीलामा विभिन्न पुरुषहरुले उनीप्रति नराम्राे नियतका साथ नजर लगाउँछन । त्यहीबाट उनी विभिन्न युवाहरुसँग नजिकिएको र पैसामा आफ्नो यौवन साटेको जस्तो दृश्य छ्यांकन गरिएको छ । धेरैले यस्ताे दृश्यले महिलालाई होच्याएको, महिलामाथिको अस्मितामा प्रश्न उठाएको भन्दै सपूतकको आलोचना गरेका छन् । कतिपयले त माेडलिङ क्षेत्रमा काम गर्ने महिलामाथि गीतले पश्न उठाएकाे भन्दै आलाेचना गरेका छन् ।
आरआर क्याम्पसकी प्राध्यापक, कवि तथा गीतकार गीता त्रिपाठीले कलाको सामाजिक दायित्व के हो प्रकाश जी भन्दै प्रश्न उठाएकी छिन । उनले प्रकाश सपूतलाई फेसबुकमा ट्याग गर्दै लेखेकी छिन, ‘कलाको सामाजकि दायत्वि के हो प्रकाश सपुतजी ? गीतमा प्रयोग गरएिको भाषाशैली र क्रयिाकलाप को औचत्यि कति छ ? सामान्य कालकि चेतना र वर्ग, युगीन चन्तिनसमेतको हेक्का नराखी संयोजन गरएिका शब्द र सम्वादले पारजिातको सकम्बरी पात्र माथि यत्तिका वर्षपछि न्याय गर्न सक्नुभएको छ ? इतहिास र वर्तमान दुवै पक्षको अवमूल्यन गरएिको यो गीत नर्मिाण गर्नुअघि जुन वर्गको लागि सोच्नुभयो, तनिको मनोवैज्ञानकि सम्वेदनशीलता र सामाजकि अध्ययन आवश्यक परेन ? तपाईंको कलाको परविेश यत्ति नै हो त ?’
त्यस्तै फेसबुकमै सिर्जना ढकालले पनि प्रकाश सपूतको सकम्बरी गीतमाथि प्रश्न उठाएकी छिन । उनले फेसबुमा लेखेकी छिन, ‘प्रकाश सपुतको सकम्बरी हेरेँ, सुनेँ तर नाम के दिउँ, दोधारमा छु। गीत भनौं कि छोटो चलचित्र !’ उनले थप लेखेकी छिन, ‘गीत सुन्ने हो कि हेर्ने! उत्तर जान्न मन छ। मलाई लाग्छ सपुतले समाजमा भएका घट्ना, बक्रितिहरुलाई उठाएर सानो चलचित्र बनाउँदा राम्रो हुने थियो। हामी रेडियोमा गीत सुन्दै काम गर्थ्यौ, यात्रा गर्थ्यौ, आराम गर्थ्यौ र अझै पनि गर्छौ। तर यस्ता गीत हेर्नू पर्ने बाध्यता बनाईदिए सपुतले, तर यो त्यति उचित लागेन मलाई ।
यो गीतमा कहीँ, कतै लुकेको समाजिक घट्ना छ। यसलाई नकार्न सकिँदैन।अझै पनि धेरै महलिा यस्तै बाध्यतामा फसेका छन्।लोभले, रहरले या बाध्यताले, जे ले भएपनि छनलाई छन्।
अझै पनि महिलालाई खेलौना सम्झने पुरुषको कमी छैन,अझै पनि शाररिरीक शोषण भएकै छ । महिला माथि अझै पनि पुरुषका आँखा महिलाको शरिरमा पर्छ। अझै पनि मौकाको तलासमा हुन्छन् केही पुरुष। पहिलाको भन्दा फरक शैली होला तर नजर उस्तै छन्। समाजमा विभिन्न रुपमा दमन, हिंसा भईरहेको छ। फेरि यो बजारमा यस्तै कुरा बिक्छ। आलोचना गरेर भएपनि भाईरल बनाउने हामी नेपाली नै हो।
बजारलाई बुझेर उनले दिमाग लगाए। उनका दर्शक,स्रोता त छँदैछन्, बिराेधीले समेत चर्चा गरेर उनलाई सफल बनाईदिन्छन।
लोक आईडलमा ज्योती मगर जज छिन किन ? उनका सो हिट हुन्छन् किन ! गाली गरेर भएपनि भाईरल र हिट बनाउने दर्शक स्रोताहरूको जमात ठूलो छ यहाँ।’
तर सपूतले एक नारी तथा युवतीले गाउँदेखि शहरसम्मकाे गरेकाे सङ्घर्ष, भाेगेकाे पीडा र समाजले हेर्ने दृष्टिकाेणबारे नेपाली समाजकाे ऐना देखाएकाे भन्दै प्रशंसा पनि भएकाे छ । सपूतकाे गीत सकम्बरी भने युट्युव ट्रेनिङमा रहेकाे छ ।
प्रतिक्रिया