Logo

मनोरञ्जन

किरण गजमेरको गीत ‘कुनै दिन’ सार्वजनिक



काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटनाक्रम भिडियोमा देखाइएको छ ।

भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ । माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको ‘कुनै दिन’को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी, शिलन लम्साललको सम्पादन तथा कलर ग्रेडीङ रहेको छ । गीतलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो ।

नेपाली संगीत छेत्रको विकास र प्रवर्द्धनमा ४ दशकदेखि लागिरहेको नेपालकै पुरानो कम्पनी म्युजिक नेपालले नयाँ प्रतिभालाइ प्रोत्साहनको लागि सिनियर संगीतकारहरुसंग सहकार्य गर्दै गीतहरुको उत्पादन र ब्यबस्थापन गर्दै आएको छ । पछिल्लो समय म्युजिक नेपालद्वारा उत्पादित धेरै गीतहरु मिलियन क्लबमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०७:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।