Logo

मनोरञ्जन

गायक रोहित सिंह थापाको जुनेली रात सार्वजनिक



काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक रोहित सिंह थापाले नेपाली नयाँ वर्षको अवसर पारेर पहिलो सांगितिक कोसेली ‘जुनेली रात’ सार्वजनिक गरेका छन् । यस गीतमा कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको छ ।

म्युजिक भिडियोमा स्वयम् गायक रोहित सिंह थापा र दुर्गा भण्डारी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । मेलवर्नका विभिन्न रमणिय स्थलमा पुगेर तयार पारिएको म्युजिक भिडियोको सुन्दर दृश्यलाई छायाँकन ग्यान्योनले गरेका हुन् ।

पोष्ट प्रोडक्सनको काम जि क्रियशनले गरेको छ । भिडियो गायक थापाको युट्युव च्यानल ‘रोहित सिंह थापा’ मार्फत सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १२:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।