Logo

मनोरञ्जन

सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक (भिडियाेसहित)



काठमाडौं । गायिका सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक भएको छ । प्रयास दुमी राईको शब्द रहेको यो गीतले एउटा प्रे मिकाले प्रेमीप्रति गरेका आग्रहहरु समेटिएका छन् ।

सुनितालाई मुस्कान मुकारुङले साथ दिएका छन् । यो गीतमा शन्तकुमार राई र अनुशा राईको जीवन्त अभिनय रहेको छ । म्यूजिक भिडियोमा शान्त र अनुशाको केमिस्ट्री जमेको छ ।

भिडियोमा काठमाडाैं र ललितपुरका मनहारी ठाउँहरु समेटिएका छन् । भिडियोमा समेटिएका दृष्यहरुले विस्तारै जमेको रोमान्सलाई थप पुष्टि गर्छ ।

थेगिमकै संगीत रहेको यो गीत देवेश राईले एरेन्ज गरेका हुन् । इशक जगेवूको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियो एस के आर पिक्चरबाट सार्वजनिक गरिएको छ ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १७:०३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।