Logo

मनोरञ्जन

गणेश भट्ट अभिनित जीवन साथीको पोस्टर सार्वजनिक



काठमाडौं- गणेश भट्ट अभिनित नयाँ म्युजिक भिडियो ‘जीवन साथी’ को पोस्टर सार्वजनिक गरिएको छ।

बुधबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको हो। पछिल्लो समयका चर्चित मोडेल भट्टलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्।

सिवजी डान्स सेन्टरको व्यानरमा निर्माण गरिएको गीतमा शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ। म्युजिक भिडियोलाई शिवजी खत्रीले निर्देशन गरेका हुन्। भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन्। म्युजिक भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारी गरिएको निर्माण टिमले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।