काठमाडौं । सिक्किमकी निलम गुरुङ टीभी रियालिटी शो ‘द पोएट आइडल’की बिजेता भएकी छिन । नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ सुरु भएको थियो ।
फिनालेमा पुगेका ४ प्रतिस्पर्धी मध्ये निलमले ‘पोएट आइडल’को उपाधि जितेकी हुन् । उनले १० लाखको चेक हात पारेकी छिन् । कवि पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट रहेका थिए ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्थे । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुप बराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक थिए ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल थिए ।





















प्रतिक्रिया