Logo

राजनीति

बागमती प्रदेशसभा : चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य



हेटाैंडा । बागमती प्रदेशको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भई पटक–पटक गरी आज राति अन्त्य हुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार २०:५७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।