Logo

प्रमुख समाचार

काठमाडौं महानगरको शिक्षा विभागमा तालाबन्दी



काठमाडौं । नेपाली कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी यूनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ । महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न निर्देशन दिएपछि त्यसको विरोध गर्दै तालाबन्दी गरिएको हो ।

संगठनले कार्यक्रम गर्न पाउनुपर्छ भन्दै विभागको संस्थागत विद्यालय शाखामा तालबन्दी गरेको महानगरका शिक्षा शाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार यूनियनका पदाधिकारी आएर तालाबन्दी गरी गएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार २०:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।