Logo

प्रमुख समाचार

विद्यालयको मौलिक नेपाली नाम राख्न र चिह्नसम्बन्धी नियम पालना गर्न बालेनको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता ल्याउने गरी विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गरेको छ ।

शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न काठमाडौं महानगरपालिकाका मेयर (बालेन्द्र) बालेन शाहले आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो)मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ । कतिपय विद्यालयले नियम पालना नगरेकाले बालेनले आइतबार बिहान सामाजिक सन्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका हुन् ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९ मा विद्यालयको चिह्न षट्कोणको हुने र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ ।

तर यो उपनियम लागू हुनु अगावै यस नियम विपरीतका शव्दहरू जोडेर नामकरण भैसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक-सत्रको सुरुदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने व्यवस्थाको मेयर बालेनले स्मरण गराएका छन् ।

प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार  १२ : ०४ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।