Logo

मनोरञ्जन

‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । लोकप्रिय युवा गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतलाई आदेश गुर्माचनले संगीत संयोजन गरेका हुन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ ।

म्युजिक भिडियोमा नायिका पूजा शर्मा र अनुज गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । दिलु गुरुङ निर्मात्री रहेको भिडियोलाई बुढा सुब्बा डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । निर्माण टिमले सबै दर्शक स्रोतालाई भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १३:०२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।