Logo

मनोरञ्जन

गायिका लाम्गादेको ‘मेरो बुवाको घर’ सार्वजनिक



काठमाडौं । गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ । दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन् ।

भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन् । अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो । भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियो गायिका लाम्गादेको युट्युव च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक भएको हो ।

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी गायिका लाम्गादेको स्वरमा समावेश यसअघि ‘जवानी ताजा ताजा छ’, ‘माया बैगुनी’, ‘लिन आउछु भन्थ्यौ’ लगायत गीतहरु सार्वजनिक भैसकेका छन् । गायन संगै अभिनयमा समेत रुचि राख्ने लाम्गादेले ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन् ।

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ५ : १२ बजे

687
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।