Logo

मनोरञ्जन

गायिका राधिका बिस्टको ‘रिमझिम’ सार्वजनिक



काठमाडौं । गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ । गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन् ।

२०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन् । बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका बिस्टको युट्युव च्यानल ‘राधिका बिस्ट’ मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  ४ : ३४ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।