Logo

मनोरञ्जन

गायक पेम्बा लामाको ‘बैमानी’ सार्वजनिक



काठमाडौं । नेपाली सांगीतिक आकाशमा नयाँ गायन प्रस्तुतिका साथ गायक पेम्बा लामाको आगामन भएको छ । कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको छ ।

‘बैमानी’ बोलको यस गीतमा दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ । चर्चित अभिनेता पुष्प खड्का र मोडल कविता नेपालीको जोडदार अभिनय रहेको यस भिडियोका निर्देशक भने केशवराज भट्ट हुन् ।

दर्जनौ गीतमा आफ्नो संगीत भरेका संगीतकार दिपक विश्वकर्माको फरक कोसेली श्रोताहरुलाई पस्केको उनले बताए । त्यस्तै गायक पेम्बा लामा पनि कोरिएयाम बसोबास गर्ने र नेपाल तमाङ्ग घेदुङ्ग संघ कोरियाका सल्लाहाकार पनि हुन् ।

गीत संगीतमा सानै देखि रुचि राख्ने उनि कोरिया बसेर गीत संगीतको साधना पनि लिरहेका छन् । उनी भन्छन ‘यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु, एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन, म हिजो थिए आज नि छु र भोलि पनि यहि नेपाली गीत संगीतको क्षेत्रमा नै रही रहने छु ।’

बुधबार सार्वजनिक भएको यस गीतमा गोपाल रसाईलिको एरेन्ज रहेको छ । दुई दिन सम्म सेट लगाएर छायांकन गरिएको यस गीतको भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी, हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । लोक पप शैलिको यस गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानि रहेको छ ।

भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार  १ : ३५ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।