काठमाडौं । मित्र केसीको शब्द,संगीत रहेको गीत ‘जीवन साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शैलेश कुमार मिश्र र रिज्योना कार्कीको स्वर रहेको छ ।
म्युजिक भिडियोमा मोडल गणेश भट्ट र समारिका ढकालको अभिनय रहेको छ । गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ । मुकेश हुमागाईंको सिनेग्राफि रहेको गीतको निर्देशन शिवजी क्षेत्रीले गरेका छन् ।
भिडियोलाई बिनोद बमले सम्पादन, कलर गरेका हुन् । शिवजी डान्स सेन्टरको प्रस्तुती रहेको “जीवन साथी” म्यूजिक भिडियो बिन्दवासिनी म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया