Logo

शिक्षा

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन



काठमाडाैं । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो । सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि शिक्षक र सरोकारवालाहरु माइतीघरमा ब्‍यानर पर्चा र पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।

पम्प्लेटमा बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग अगाडी सारेका छन् ।

प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार  ८ : ३८ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।