काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विभिन्न क्याम्पसका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद माधव सापकोटाले विद्यार्थीको परीक्षामा त्रुटि गर्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरेका छन् ।
सांसद सापकोटाले त्रिभुवन विश्वविद्यालय र रत्नराज्यलक्ष्मी क्याम्पसका कारण पाँच सय बढी विद्यार्थीको भविष्यमाथि खेलबाँड भएको बताए । विद्यार्थीले पाउनुपर्ने सामान्य सुविधासमेत नपाएको उल्लेख गर्दै उनले सो प्रकरणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
उनले नक्कली शरणार्थी प्रकरणको छानबिन चलिरहेका बेला अन्य विषय उठाएर छानबिन प्रभावित पार्न खोजिएको उल्लेख गरे ।
प्रतिक्रिया