Logo

मनोरञ्जन

रचना रिमाल र दीपक मगरले ल्याए ‘रङ्ग’



काठमाडौं । गायिका रचना रिमाल र दीपक मगरको स्वरमा ‘रङ्ग’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा रोहित घिमिरेको शब्द रहेको छ भने सिएल शर्माको रहेको संगीत रहेको छ । गीतमा दुई प्रेमिल जोडीबिच भएको मायाका कुराकानीलाई देखाइएको छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ भने गीतका एरेन्जर संजिब बराइली हुन् ।संगितकार सिएल शर्माकै युट्युब च्यानलबाट बजारमा आएको गीतमा कलर मिन रावलले गरेका छन् । भिडियोमा गायिका स्वयम रचना र गायक दीपक फिर्चड छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ६ : २१ बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।