Logo

मनोरञ्जन

आयुषले ल्याए ‘माया पनि बसेकै थियो’



काठमाडौं । युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत ‘माया पनि बसेकै थियो’ सार्वजनिक गरेका छन् । यो गीत आयुषको  स्वर, शब्द र संगीतमा रहेको  छ ।
गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् । बिजेश र राजनको  सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो ।
भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत भिडियो तयार पारिएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १३:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।