काठमाडौं । अनेरास्ववियुले भ्रष्टाचारको प्रमुख कारक प्रमाणित भई खारेज गरिएको सांसद विकास पुनः ब्युँत्याइएकोमा आपत्ति जनाएको छ । विगतमा कार्यकर्ता पाल्ने, कनिका छर्ने, चुनावी खर्च उठाउने योजनालगायत अनेकौं नामले बद्नम भएको यो कार्यक्रम आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्युँताएका छन् ।
त्यसप्रति आपत्ति जनाउँदै एमालेको सुभेच्छुक संगठन अनेरास्ववियुले सांसद कोषका लागि भने विनियोजन गरिएको बजेट शिक्षामा खर्चन आग्रह गरेको छ ।
‘बढ्दो मंहगी र आर्थिक मन्दिका कारण जनतामा छाएको चरम निराशालाई मध्यनजर गर्दै कानुनमा व्यवस्था नभएको तर बद्नियतका साथ अगाडि सारिएको सांसद विकास कोष नामको कार्यक्रमका लागि छुट्याइएको वार्षिक ८ अर्ब २५ करोड रकम संविधानले ग्यारेन्टी गरेको तर कार्यान्वयनमा नआएको कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गर्ने व्यवस्था मिलाउन सरकारलाई रुलिङ गर्न अनुरोध गर्दछौं’, अनेरास्ववियुले सभामुखलाई बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्र:–






















प्रतिक्रिया