Logo

प्रमुख समाचार

छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयलाई सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।

पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो ।

महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकोले महानगरपालिकाले पुनस् सूचना जारी गर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १०:५०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।