काठमाडौं । विद्यालय कर्मचारीहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप गरेको छ ।काठमाडौंको भद्रकालीबाट माइतीघर आउँदै गरेको विद्यालय कर्मचारीहरुको शान्तिपूर्णै आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि सामान्य झडपसमेत भएको थियो । प्रहरीको हस्तक्षेपविरुद्व कर्मचारीहरुले माइतीघरमा बिरोध जनाएका छन् । उनीहरुले पक्राउ गरिएका आफ्ना साथीहरुलाई बिना शर्त रिहा गर्न माग समेत गरेका छन् ।
प्रहरीले आन्दोलनको हस्तक्षेपमा विदालय कर्मचारी परिषद अध्यक्ष गंगाराम तिवारीसहतिकेहीलाई नियन्त्रणमा लिएको छ । नीति तथा कार्यक्रममा समेटिएको विद्यालयल कर्मचारीहरुको दरबन्दीलगायतको विषय बजेट बक्तव्यमा नआएको भन्दै देशभरका विद्यालय कर्मचारीहरु आन्दोलन गर्न काठमाडौं आएका छन् ।
तस्बिरहरु




















प्रतिक्रिया