Logo

प्रमुख समाचार

काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षकले मासिक तलब पाउने, प्रधानाध्यापकको तलब वृद्धि



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।

काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । बजेटमार्फत ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारामार्फत शिक्षालाई प्राथमिकता दिएको छ । जसका लागि ५० करोड बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १३:११   :  बजे

396
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।