धादिङ । भारतीय दूतावासको आर्थिक सहयोगमा धादिङमा आदर्श बहुमुखी क्याम्पसको आधुनिक भवन निर्माण सम्पन्न भइ हस्तान्तरण भएको छ ।
भारतीय राजदूताबासमार्फत निर्माण भएको उक्त भवनको उत्घाटन गएको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । गएको सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डमार्फत दूताबासले भवन क्याम्पसलाई हस्तान्तरण गरेको हो । भवन हस्तान्तरण तथा उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, सांसद रामनाथ अधिकारी, भारतीय दूतावासका प्रथम सचिव करुण बन्सललगायतको उपस्थिति थियो ।
नेपाल भारत विकास साझेदारी मार्फत उक्त भवन निर्माण भएको हो । क्याम्पसमा दुईवटा ठूला भवनअन्तर्गत कक्षाकोठा, लाइब्रेरी तथा पानी र शौचालयसहितका भवन निर्माण भएका छन् । २०७३ सालमा क्याम्पसको भवन निर्माणका लागि भारतीय दूताबासबाट आर्थिक सहयोग भएको थियो । भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, धादिङका स्थानीय विकास अधिकारी भगवान अर्याल र क्याम्पसप्रमुख रुद्रप्रसाद दनाईले मित्रराष्ट्र भारतबाट उपलब्ध हुने चार करोड १२ लाख सहयोगसम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरेर नयाँ भवन निर्माणको काम सुरु गरेका थिए ।
२०२५ सालदेखि माध्यमिक विद्यालयको रूपमा सञ्चालन हुँदै आएको धादिङको प्रतिष्ठित आदर्श माध्यमिक विद्यालयमा दश वर्षअघि बहुमुखी क्याम्पससमेत सञ्चालित हुँदै आएको थियो । अहिले उक्त क्याम्पसमा झण्डै चार सयको हाराहारीमा छात्र–छात्रा अध्ययन गरिरहेको बताइन्छ । वरपरका करिब अठार गाविसका दलित, उत्पीडित तथा चेपाङ, तामाङजस्ता पीछडिएका समुदायका विद्यार्थीको उक्त क्याम्पसमा बाहुल्य रहेको बताइन्छ ।
१५ महिनामा नयाँ क्याम्पस भवन निर्माण गरिने सम्झौतापत्रमा उल्लेख भएको भए पनि कोभिड लगायत विवध कार०ाले भवन निर्माण केही ढिला सम्पन्न भएको हो । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत धादिङमा भारतीय सहयोगका अन्य आयोजना पनि सम्सापन्तन भएका छन । दूताबासले धादिङमा एम्बुलेन्स, स्कुल बसलगायतको सहयोग पनि गरेका थियो ।
प्रतिक्रिया