Logo

शिक्षा

लक्ष्मी आवासीय माविमा नयाँ प्राचार्य, प्राचार्य र अभिभावकबिच अन्तरक्रिया



पोखरा । न्युरोड ८ स्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा आज प्राचार्य र अभिभावकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा सञ्चालित कार्यक्रम अन्तर्गत विद्यालयमा भईरहेको गतिविधि, विद्यार्थीको उपलब्धि, अभिभावकको सुझाव र अगामी गतिविधि सम्बन्धमा कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा विद्यालयका प्राचार्य विश्व युधिर पौडेलले आफ्नो परिचय दिदै विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा तर्फ उन्मुख गराउने, नया प्रणाली अनुसारको शैक्षिक नीति ल्याउने र विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिदै अगाडी बढ्ने बताए ।

उनले त्यसको लागी विद्यालयको शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोग आवश्यक रहेको पनि बताए । साथै सिकाईले शैक्षिक गुणस्तरमा वृद्धि हुने भएकोले विद्यार्थीहरुलाई रचनात्मक गतिविधि तर्फ पनि प्रोत्साहन गर्दै आएको र त्यसलाई निरन्तरता, दिने पनि बताए ।

कक्षा दुई देखी ६ सम्म लगभग ७५ जना अभिभावक उपस्थित भएको उक्त कार्यक्रममा अभिभाकहरुले पनि आफ्ना भनाईहरुलाई राख्दै विद्यालयको प्रगतीको लागी साथ र सहयोग सधै रहने पनि बताएका छन् ।

विश्व युधिर पौडेल भर्खरै मात्र प्राचार्यको रुपमा विद्यालयमा प्रवेश भएका हुन् ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार ११:१७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।