Logo

कलकत्ता बिरुद्ध पहिलो बलिङ गर्दै दिल्ली, यस्तो छ दबाब



एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऎरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा दुई परिवर्तन गरेको छ । पृथ्वी शाको स्थानमा अजिका रहाणे र ड्यानियल साम्सको स्थानमा एनरिच नोर्कियालाइ खेलाएको छ । कोलकाताले पनि दुई परिवर्तन गरेको छ । कमलेश नगरकोटी र सुनिल नारायणलाई मौका दिएको छ । टम ब्यान्टन र कुलदिप यादवलाइ बेन्चमा राखेको छ ।

दिल्ली कोलकातालाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ लगभग पक्का पक्कि हुने छ । कोलकातालाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ ।

दिल्ली १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता १० खेलमा समान ५ मा जित र हार सहित चौथो स्थानमा छ । यसअघि लिग चरणको पहिलो खेलमा दिल्लीले कोलकातालाई १८ रनले पराजित गरेको थियो । दिल्लीले प्रस्तुत गरेको २ सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कोलकाता ८ विकेटको क्षतिमा २ सय १० रनमा समेटिएको थियो । दुबै टोली पछिल्लो खेलमा पराजित भएका छन् । दिल्ली किंग्स इलेभेन पन्जाबसँग ५ विकेटले र कोलकाता रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ विकेटले पराजित हुन पुगेका थिए ।

आइपिएलमा यी दुई टोलीबीच २५ खेल भएको छ । कोलकाता १३ खेलमा विजयी हुँदा ११ खेलमा पराजित हुन पुगेको छ ।

कोलकाता प्लेइङ ११ – ल्योकी फर्गुसन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), सुनिल नारायण, दिनेश कार्तिक (विकेटकिपर), प्रसिद्ध कृष्णा, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कमलेश नगरकोटी

दिल्लीको प्लेइङ ११ – अजिका रहाणे, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), शिम्रन हेटमायर, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्किया र तुषार देशपान्डे ।

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार  ४ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।