काठमाडौं । माध्यमिक शिक्षा परीक्षा औएसईईको ‘ग्रेडवृद्धि’ परीक्षा आगामी साउन अन्तिम साना हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
अन्तिम ग्रेड सी वा त्योभन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि यस परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामा उल्लेख छ ।





















प्रतिक्रिया