काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिमा कक्षा ११ अध्ययन गर्न चाहने विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको छ । महानगरले शैशिक सत्र २०८०/०८१ मा छात्रवृत्तिमा विद्यार्थी छानोट गर्न सञ्चालन हुने परीक्षका लागि असार २८ गतेदेखि साउन १२ गतेसम्म आवेदन फारम भर्न सूचनामार्फत भनेको छ ।
आवेदन दिन चाहनेले महानगरको वेबसाइट entrance.kathmandu.gov.np मार्फत अनलाइन फाराम पेश गर्न आह्वान गरेको छ । महानगरले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने छ ।
प्रतिक्रिया