Logo

शिक्षा

कविता लेखन तथा वाचनमा उत्कृष्ट बन्यो ‘एआईए’



काठमाडौँ। अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का विद्यार्थी कविता वाचन तथा लेखनमा उत्कृष्ट बनेका छन्। असार २९ गते २१० औँ जन्म जयन्तीका अवसरमा काठमाडौँ उपत्यकामा आयोजित दुई प्रतियोगितामा एआईएका विद्यार्थीहरूले उत्कृष्ट स्थान प्राप्त गरेका हुन्।

भानु जयन्तीको दिन भ्यालीभ्यु स्कुलले आयोजना गरेको उपत्याकाव्यापी अन्तरमाध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा एआईएका कक्षा १० मा अध्ययनरत छात्र डिपलभ अधिकारी प्रथम भएका हुन्। उनलाई आयोजकले प्रथम पुरस्कार स्वरूप नगद रु ८ हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरेको छ। उक्त प्रतियोगितामा सहभागी ३३विद्यालयका ६५ जना प्रतियोगीलाई पछाडि पार्दै अधिकारी प्रथम भएका हुन्।

एआईएका प्रधानाध्यापक विमल घिमिरेले कविता वाचन तथा लेखनमा आकर्षक प्रतिभा तथा क्षमता प्रस्तुत गरी उत्कृष्ट चयन भएकोमा विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १९:०८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।