काठमाडाैं । नेपालमा पनि ‘अन्तर्राष्ट्रिय युवा दिवस’ भव्य रूपमा मनाइने भएको छ । आगामी साउन २८ गते दिवस मनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
युवाहरूलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यले दिवस मनाउन लागिएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उक्त दिन विहान काठमाडौँको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुनेछ ।
प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत राष्ट्रिय खेलकुद परिषदको समेत सहभागिता हुने बस्नेतले बताए । उनले पछिल्लो जनगणना अनुसार नेपालमा युवाको संख्या ४० दशमलव ५६ प्रतिशत रहेको जानकारी दिए ।
संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रूपमा सो दिवस मनाउने गरिन्छ ।




















प्रतिक्रिया