Logo

समाचार

काठमाडौं-२२ का अध्यक्षले भने : ‘मन्दिरको जग्गा हडप्ने ताम्राकार कम्प्लेक्ससँग मेरो कुनै सम्बन्ध छैन’



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले मन्दिरको जग्गा हडप्ने ताम्रकार कम्प्लेक्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । अनलाइनपानाले साउन २९ गते प्रकाशन गरेको ‘मन्दिरको जग्गा हडप्ने ताम्राकार कम्प्लेक्सका मालिकलाई वडाध्यक्षको साथ’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले यस कार्यमा आफू संलग्न नरहेको जिकिर गरेका हुन् ।

उक्त हाउसको सवालमा समस्या समाधानार्थ छलफलमा जाने गरेको उल्लेख गर्दै वडाध्यक्ष महर्जनले त्यो आफ्नो दायित्व भएको बताएका छन् । ‘समाचारमा उल्लेख गरिए जस्तो ताम्राकार हाउससित मेरो कुनै संलग्नता छैन’, उनले भनेका छन्, ‘स्थानीय सममस्या समाधान गर्न जतिखेर पनि म तत्पर छु, तत्पर रहनेछु, उक्त हाउसको सवालमा पनि समस्या समाधानार्थ वडाध्यक्षको हैसियतमा कहिलेकाहीँ छलफलमा गर्न जान्छु, यो मेरो दायित्व पनि हो ।’

वडाध्यक्षको हैसियतमा गर्ने गरेको सम्पर्क र सम्बन्धलाई आर्थिक कारोबारसित जोड्न नमिल्ने महर्जनले बताएका छन् । उनले उक्त ताम्राकार कम्प्लेक्स आफू वडाध्यक्ष हुनुभन्दा धेरै अगाडि (२०६१ सालमा) नै निर्माण सम्पन्न भएको भन्दै भवनका मालिकसित आफूलाई जोड्नु बद्नियत हुने उनको भनाइ छ । आफू उक्त हाउसको पूर्व मेनेजर नरहेको पनि वडाध्यक्ष महर्जनको दाबी छ । आफूहरू ताम्राकार कम्प्लेक्स र स्थानीयबीचको विवाद सल्टाउन प्रयासरत रहेको पनि बताउका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १६:००   :  बजे

4.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।