Logo

प्रमुख समाचार

धादिङको गजुरीनजिकै त्रिशुलीमा बस खस्यो



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पाेखरा जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले दुर्घटनास्थलमा सुरक्षाकर्मीको उद्धार टोली पुगेको छ । स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १२:०९   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।