Logo

प्रमुख समाचार

कार्कीको निधनमा देशभरका कांग्रेस कार्यालय शुक्रबार बन्द गरिने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले कार्कीको निधनमा विभिन्न शोक कार्यक्रम पनि तय गरेको छ । बैठकले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै भोलि शुक्रबार केन्द्रदेखि जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरु शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

कार्कीको हिजो भदौ ६ गते बुधबार निधन भएको थियो । कार्कीको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य कार्की तरुण दलका पूर्वमहासचिव हुन् । उनी धार्दिङका पूर्वसचिव समेत हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १४:१६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।