Logo

राजनीति

सबै प्रकारका विभेद र असमानता अन्त्य गरिनुपर्छ : ओली



झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् । गृहनगर दमकमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न निमल्ने बताए ।

ओलीले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । उनले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी गरे । कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उनले जातीयताका नाममा विवाद गर्न नहुने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार २१:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।