Logo

प्रमुख समाचार

धरानमा भइरहेका गतिविधिप्रति सरकार गम्भीर : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल धरानमा भइरहेका गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने र एकार्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको उनले उल्लेख गरेका छन् ।

शनिबार एक अपिल जारी गर्दै उनले सुनसरीको धरानमा विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादका माध्यमबाट समाधान गर्न सकिनेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । त्यसका लागि अग्रसर हुन उनले स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था, बौद्धिक समुदायलगायत व्यक्तिमा अपिल गरेका छन् ।

प्रधानमन्त्रीको पपिलमा भनिएको छ, ‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु ।”

एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिनेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार २२:०३   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।