काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति अस्वीकार गरेका छन् । उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कुनै पनि समितिकाे सभापति नरहेकाे भन्दै पद अस्वीकार गरेका हुन् ।
समितिमा कांग्रेसले परियारसहित ४ जनाको नाम सिफारिस गरेको थियो । जसमा शेखर-गगन समूहले संस्थापन पक्षसँग दुई समितिको नेतृत्व दाबी गरेको थियो ।
जसलाई पार्टी सभापति शेरबहादुर देउवाले दिन नमानेपछि त्यसको प्रतिक्रिया स्वरुपमा परियारले सभापति पद बहिष्कार गरेका हुन् ।
















प्रतिक्रिया