अमेरिकामा प्रहरीकाे गोली लागेर फेरि एक अश्वेत व्यक्तिको ज्यान गएको छ । त्यहाँकाे फिलाडेलफिया राज्यमा सोमबार प्रहरीले गोली प्रहार गरेपछि २७ वर्षीय वाल्टर वाल्लेसको मृत्यु भएको थियो । साे घटनापछि फिलाडेल्फियामा प्रदर्शनकारीहरू उग्र रूपमा प्रस्तुत भएका छन् ।
विगतदेखि नै अमेरिकामा अश्वेत (कालाजाति) हरूमाथि अमेरिकी प्रहरीको दमनको विरुद्ध प्रदर्शन भइरहँदा वाल्लेसको मृत्यु भएको हो । उनकाे मृत्युपछि त्यहाँ ‘ब्ल्याक लाइभ्स म्याटर्स’ प्रदर्शन भइरहेको छ ।
प्रदर्शनका क्रममा केही स्थानमा प्रहरीसँग झडप समेत भएको छ । साे क्रममा प्रहरीले एक दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने ३० जनाभन्दा बढी प्रहरी अधिकारी घाइते भएकाे जनाइएकाे छ ।
समाचार एजेन्सीहरूका अनुसार एक व्यक्ति हतियारसहित देखिएको खबर पाएपछि त्यहाँकाे प्रहरी पूर्व फिलाडेलफियामा पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा वाल्लेसले हातमा चक्कु समाइरहेको देखेकाे बताइएकाे छ । उसलाई प्रहरी अधिकारीहरुले चक्कु फाल्न भन्दा पनि अटेर गरेकाे भनेर प्रहरीले गाेली चलाएकाे दाबी गरिएकाे छ ।
तर वाल्लेसका पिताले भने उनको छोरामाथि प्रहरीले दशपटक गोली चलाएकाे बताएका छन् । प्रत्यक्षदर्शीहरुले पनि प्रहरीले वाल्लेसमाथि धेरैपटक गोली प्रहार गरेर निर्ममतापूर्वक मारेकाे बताएका छन् ।





















प्रतिक्रिया