Logo

समाचार

युवा शक्तिलाई स्वदेशमा टिकाई राख्न आवश्यक छ : रञ्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् ।

मंगलबार बसेको प्रदेश पदाधिकारीहरुको बैठकमा उनले युवा शक्तीलाई देशमै टिकाउन पनि स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको तर्क गरिन् ।

उनले भनिन् ‘युवा शक्ति स्वदेशमा नै टिकाई राख्न स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यक छ ।’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले विषयबस्तुमा आधारित रहेर विषयबस्तु भन्दा बाहिर नगएर बैठकमा बस्न आग्रह गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १५:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।